बाग्मति– जिल्ला अदालत मकवानपुर हेटौँडाले चालु आर्थिक वर्षको हालसम्म ८८५ मुद्दाको फैसला गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेका ४३१ र चालु आवको ४५४ मुद्दाको फैसला गरेको हो ।


ADVERTISEMENT


एक हजार ४० मुद्दा चालु अवस्थामा रहेको सो अदालतले जनाएको छ । अदालतबाट प्राप्त विवरणअनुसार, अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक हजार ९२५ मुद्दा दर्ता भएको हो । अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ९१४ रहेको छ भने चालु आवमा हालसम्म एक हजार ११ मुद्दा दर्ता भएको छ ।


ADVERTISEMENT

# # #


अठार महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा, एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, छ महिनादेखि एक वर्षसम्मका ३०१ मुद्दा र छ महिनायताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिएका छन् । सो अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उनले जिल्ला अदालत मकवानपुरमा दुई वर्षभन्दा बढीका चारवटा मुद्दा फैसला गर्न बाँकी रहेको र उक्त मुद्दा चालु आवमा फैसला हुने उल्लेख गरे ।

‘विश्वव्यापीरुपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो; उनले भने ।

‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईँले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताउनुभयो । चालु आवमा एक हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालु आवमा एक हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको जानकारी दिए ।

यसका जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि सहयोग गर्नेलाई सम्मानसमेत गरेको छ । सो अतालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । उक्त भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ । रासस