काठमाडौँ– नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


एकताको दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । कार्यक्रममा भावुक बनेका गच्छदारले एकताको विरोध जजसले गरे पनि कुनै परवाह नगर्ने बताए । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’

केही समय पहिला नेपालका कम्युनिस्ट पार्टीहरु मिलेर बाम गठबन्धन गर्ने तयारी भइरहँदा लोकतान्त्रिक शक्तिहरु मिल्ने पनि चर्चा सुरु भएको थियो । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेसको उप सभापति वा महामन्त्रीको पद दिने आश्वासन दिएसंगै गच्छदार कांग्रेसमा गएको बताइएको छ ।

२०६४ सालअघि नेपाली कांग्रेसमा नै रहेका गच्छदारले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए ।

२०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका उनले त्यसपछि २०६६ साउन १६ पछि नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।

भने अनुसारको पद गच्छदारले पाउने हुन् वा होईनन् त्यो त आउने समयले बताउला ।