कुनैपनि व्यक्तिको जीवनमा उसको व्यक्तित्वले विशेष अर्थ राखेको हुन्छ । आकर्षण एवम् फिट शारीरिक बनावटले व्यक्तिलाई शारीरिक स्वस्थता प्रदान त गर्छ नै, यसका साथै यति मात्र नभएर यसले व्यक्तिको मानसिक आत्मविश्वास समेत अभिवृद्वि गर्दछ । यसैगरि, शारीरिक रुपमा सक्रिय एवम् चुस्त रहनाले व्यक्तिको मस्तिष्क समेत सक्रिय रहने भएकाले पनि यसको आवश्यकता सम्पूर्ण उत्तिकै रहेको देखिन्छ ।


ADVERTISEMENT


तुलनात्मक रुपमा गर्मीयाममा शरीरलाई फिट र स्फूर्त राख्नु कतिपयका लागि एक चुनौती पनि हो । नेपालमा पनि गर्मीको शुरुवाती भएसंगै चर्काे घाम तथा तातो हावा बहावका कारण अत्याधिक तापक्रमले शरीर गल्ने, आलस्य हुने र थकान लाग्ने भएकाले कतिपय आफूले चाहे जीवनशैली अपनाउन सकिरहेका हुदैनन् । यद्यपि अन्य समयमा जस्तै व्यक्तिहरु यस समयमा पनि आफू शारीरिक एवम् मानसिक रुपमा चुस्त, स्फूर्त, स्मार्ट र फिट देखिन चाहान्छन् ।


ADVERTISEMENT

# # #


उसोभए कसरी रहने त गर्मीमा पनि फिट? यस्ता छन् यसका उपायहरुः

१.दिनको शुरुवात शारीरिक व्यायामबाट
हामीले आफूलाई शारीरिक रुपमा चुस्त राख्नका निम्ति शारीरिक व्यायाम गर्नु अत्यावश्यक रहन्छ । बिहानै करिब ४५ मिनेटदेखि ६० मिनेटसम्म पसिना निस्कने गरी गरिएको व्यायामले तपाईलाई दिनभरलाई सहज एवम् उपयुक्त महशुस गराउन मद्दत मिल्छ । बिहानको १० बजेदेखि दिउँसोको ३ बजेसम्म उच्च तापमान हुने भएकाले यस समयलाई व्यायामका लागि उपयुक्त समय मानिँदैन ।

२.मानसिक स्वास्थ्य
हाम्रो स्वास्थ्य शारीरिक मात्र नभई मानसिक रुपमा पनि उत्तिकै स्वस्थ रहन अत्यावश्यक छ । मानसिक रुपमा फ्रेश रहन नसक्दा यसले हाम्रो नियमित कार्यमा बाधा त पु¥याउँछ नै, संगसंगै यसले हाम्रो दोस्रो व्यक्तिबचिको सम्बन्धमा पनि प्रभाव पारिरहेको हुन्छ । यस्तै, मानसिक थकानका कारण हामी शारीरिक रुपमा पनि सक्रिय रहन सक्दैनौ । यसकारण पनि हामी मानसिक रुपमा स्फूर्त रहनुपर्छ । यसका लागि योगा गर्ने, तनावबाट टाढै रहने र सकरात्मक सोचको विकास गर्नुपर्छ ।

३.शरीरलाई उचित तापमान प्रदान गर्ने
ऋाफ्नो दैनिकीमा प्रवेश गर्नुअघि चिसो पानीले नुहाउने बानी बसाल्नुपर्छ । यसले तपाईको शरीरको अल्छिपन र आलस्यता हटाउँदै दिनभर फ्रेश राख्न मद्दत गर्दछ ।

४. सहज पहिरनको प्रयोग
शरीरलाई आराम प्रदान गर्ने अर्काे प्रमुख भुमिका पहिरनको पनि हुन्छ । असहज पहिरनका कारण कतिपयले आफ्नो नियमित कामका ध्यान समेत दिन सकिरहेका हुदैँनन् । तसर्थ यसका लागि हामीले वातावरण अनुरुपको उचित पहिरनको छनोट गर्नुपर्छ ।

५. पानीको प्रशस्त सेवन
पानीको सेवन बाहृै महिनाको निम्ति अत्यावश्यक रहन्छ । तर, अझै गर्मीयाममा अत्याधिक तापक्रमका कारण शरीरको पानी सोसिने भएकाले पनि हामीले यस समयमा पानीको सेवन अन्य समयको तुलनामा बढि गर्नुपर्छ भने, यस समयमा प्रयोग गरिने पेय पदार्थको विकल्पको रुपमा पनि पानीको प्रयोग गर्ने बानी बसाल्नु उपयुक्त रहन्छ ।

६.उचित निन्द्रा
शरीरलाइृ स्फूर्त राख्नको निम्ति सबैभन्दा महत्वपूर्ण पक्ष अन्र्तगत उचित निन्द्रा प्रदान पनि एक हो । निन्द्राको अभावमा शरीर आलस्य हुने, झिँझार लाग्ने र आफ्नो कार्यमा केन्द्ति हुने नसक्नेभएकाले पनि उचित निन्द्रा उपभोगको भुमिका महत्वपूर्ण रहन्छ । यसका लागि एउटा वयस्य व्यक्तिले कम्तिका पनि ६ देखि ७ः३० घण्टा राम्ररी सुत्नुपर्छ ।

७. उचित आहारको प्रयोग
शरीर फिट राख्नका सबैभन्दा महत्पूर्ण पक्ष भनेको उचित आहारको सेवन पनि हो । हामीले खाने खाना ताजा एवम् शरीरलाई ऊर्जा दिने खालको हुनुपर्छ । र, हामीले कुनै पनि खाना एकैचाृटि नखाई पटक/पटकमा मात्रा मिलाएर खानुपर्छ ।

८. दैनिकीको समयतालिका
हामीमध्ये कमैले मात्र आफ्नो दैनिकीको समय तालिका बनाएका हुन्छौ । तर, बिहान उठ्ने समय देखि दिनभरको काम र राति सुत्नेबेला सम्मको तालिकालाई हामीले आवश्यक रुपमा छुट्याएर समय दिने बानी बसाल्नाले यसबाट व्यक्तिलाई विशेष अवसरका समयमा पनि समय निकाल्न सहज हुन्छ । यसका साथै यसले व्यक्तिलाई अतिरिक्त र अनावश्यक कार्यको चापबाट जोगाई मानसिक तनावबाट कम गराउनुका साथै व्यक्तिको समयको बचत समेत गराउँछ ।

एजेन्सी ।