काठमाडौँ – सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा अपरान्ह ४ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT


गत पुस ५ गते सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन् । तर, फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै  १३ दिनभित्र प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउन परमादेश जारी गरेको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतको आदेश अनुसार नै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ फागुन (आइतबार)का लागि बैठक आह्वान गरेकी थिइन् ।

आजको कार्यतालिका अनुसार बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। यस्तै राष्ट्रपतिबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र समेत सभामुखले पढेर सुनाउने छन् ।

साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।