काठमाडौँ – अटोमोबाइल व्यवसायीहरूले देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान सवारीसाधनको पहुँच हरेक नेपालीमाझ हुनुपर्ने बताएका छन् । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४४ औँ साधारण सभामार्फत व्यवसायीले सरकारले अटोमोबाइल क्षेत्रलाई हेर्ने नजर बदल्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


शुक्रवार काठमाडौँमा सम्पन्न उक्त सभालाई सम्बोधन गर्दै नाडाको नेतृत्व पनि सम्हालसिकेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हरेक नागरिकको पहुँचमा सवारीसाधन हुनुपर्ने बताए । राज्यले अनुत्पादक क्षेत्र भनी अटोमाबाइल क्षेत्रलाई सही दृष्टिकोणले नहेरेको बताउँदै उनले अटोमोबाइल क्षेत्रको विकासबिना समृद्धिको सपना सम्भव नहुने धारणा राखे । ‘समृद्धिको सपना शाकार पार्न सबै मध्यम वर्गको पहुँचमा गाडी हुनुपर्छ, सबै नागरिक कुनै न कुनै रुपले अटोमाबाइलसँग जोडिनुपर्छ,’ उनले बताए । देशमा सबैभन्दा बढी राजस्वको बुझाउने र सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र अटोमाबाइल भएकाले यस क्षेत्रलाई राज्यले सम्मानित गर्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


May be an image of 1 person

नाडाका अध्यक्ष कृष्ण दुलालले अटोमोबाइल क्षेत्र कोरोनापछि अटोमोबाइल क्षेत्र कोरोनापछि धरासयी भएकोमा यसलाई उठाउन राज्यले पहल कदमी गर्नुपर्ने बताए । कोरोनापछि सरकारले व्यवसायीलाई दिएको आयकर छूट, बैंककर्जामा व्याज छूट र न्यूनतम ब्याजदरले केही राहत पुगेपनि यस क्षेत्रलाई धरासयी हुनबाट जोगाउन नीतिगत कठिनाइहरु खुकुलो गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा सवारीसाधन बढी नभई पूर्वाधारको अभाव भएकाले पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए । विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा छिमेकी मुलुकले लिएको रणनीतिअनुसार नेपालले पनि विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्नेमा दुलालले जोड दिए । ‘सर्वाधिक कर बुझाउने मात्र नभएर सबैभन्दा पारदर्शी पनि अटोमोबाइल क्षेत्र भएकाले राज्यले यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ,’ उनले बताए ।

May be an image of 1 person and standing

पूर्वाधार विकासबिना समृद्धि सम्भव नहुनेमा जोड दिएका प्रमुख अथिति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले पूर्वाधारको काम द्रूत गतिमा अघि बढिरहेको बताए । अन्य देशहरु जस्तै विकास निर्माणमा सरकार द्रूत गतिमा लागिरहेको दाबी गरेका उनले सडक, पूर्वाधारमा जोड दिइरहेको बताएका थिए । उनले काठमाडौँ उपत्यकामा रेल पूर्वाधार र फ्लाइङ ओभर निर्माणका लागि पनि आवश्यक तयारी अगाडि बढाइएको बताए ।

May be an image of 1 person, standing and text