काठमाडौँ – बुधवार सरकार र प्रतिवन्धित नेकपा विप्लव समूहबीच भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेपछि उद्योगी व्यवसायी उत्साहित भएका छन् ।
हतियार उठाउने तयारी रहेको पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु लगानीमैत्री वातावरण बन्नु भएको उद्योगी व्यवसायीहरुको धारणा रहेको छ ।


ADVERTISEMENT


सरकार–विप्लवको वार्ता सफल भए राजनीतिक अस्थिरता हटी लगानीमैत्री वातावरण बन्ने बताउँदै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले द्धन्दात्मक राजनीतिमा लागेको पार्टी शान्तिपूर्ण राजनीतिमा आउँदा उद्योगको वृद्धि हुने बताए ।


ADVERTISEMENT

# # #


विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्ने बताउँदै नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक अस्थिरता हट्नाले अर्थतन्त्र उकासिने प्रतिक्रिया दिए ।