बर्दिबास– तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ ।


ADVERTISEMENT


दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो ।


ADVERTISEMENT

# # #


वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिन्छ ।

जिल्लाको सुदूर उत्तरवत्र्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्य चोक र हटियामा अहिले २० वटा भन्दा बढी माटोका भाँडा पसल थापिएका बर्दिबास व्यापार संघका महासचिव भवनाथ खतिवडाले बताए । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ ।

दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ ।

भाँडा बिक्री भएसँगै आपूmहरुको तिहार र छठ पर्वको खर्च जोहो हुने गरेको कुम्हाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जाति विशेष) हरुले बताएका छन् । पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन् ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले आपूmहरुको व्यवसाय चाडपर्व विशेषमात्रै चल्ने गरेको कुम्हालहरुको भनाइ छ ।

तिहार र छठ पर्वका अवसरमा महोत्तरीका बजारमा रु २५ लाखको हाराहारीमा माटाका भाँडाको कारोबार हुने महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारीको अनुमान छ ।