काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित ७ जनालाई कारवाही गरेको छ ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले उपनेता नेम्वाङलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । यस्तै उनलाई पार्टीको स्थायी कमिटीको सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरिएको प्रचण्ड–माधव समूहका नेकपा स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले सचेतक शान्ता चौधरीलाई समेत निलम्बन गर्दै कारबाही गरेको छ । बैठकले यस्तै पार्टीले ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई केन्द्रीय कमिटीको सदस्यबाट निष्काशन गरेको छ । उनलाई प्रतिनिधिसभा सदस्यको जिम्मेवारी पार्टी विधान अनुसार निर्वाह गर्न र पार्टी विरोधी गतिविधि नगर्न निर्देशित गर्ने निर्णय गरिएको छ ।

यस्तै महेश बस्नेत,  सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई केन्द्रीय कमिटीबाट ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ ।