काठमाडौँ – सर्वोच्चको फैसलापछि सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ ।


ADVERTISEMENT


सिभिल अस्पतालमा आज पहिलो खोप सभामुख अग्नि सापकोटाले लगाएका छन् । सापकोटापछि पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाविरूद्ध खोप लगाए ।


ADVERTISEMENT

# # #


आजदेखि सिभिल अस्पताल पुगेर प्रतिनिधि सभाका सदस्यहरुले खोप लगाउन शुरु गरेका छन् ।

प्रतिनिधि सभा बैठक फागुन २३ गते अपरान्ह ४ बजेका लागि डाकिएको छ ।