काठमाडौँ – सरकारले यही फागुन २३ गते संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो । सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफरिस गरेको हो ।

गत पुस ५ गते प्रधानमनीको सिफरिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेकी थिइन् । तर, उक्त निर्णयविरुद्ध सर्वोच्चमा १३ वटा रित दायर भएका थियो ।

सोही रिटमाथि निर्णय गर्दै गत मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णउलाई बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन परमादेश दिएको थियो ।