काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्ने ‘काठमाडौँ मेयर कप २०७७’ पुरुष क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सुरु हुने भएको छ ।


ADVERTISEMENT


बुधबार क्यानले प्रतियोगिताको खेल तालिका सावर्जनक गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता फागनु २९ गतेसम्म चल्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ । प्रतियोगितटामा ५ टोलीले सहभागिता जनाउनेछन् । जसका लागि गत माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालित प्रधनमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका सेमिफाइनलसम्म पुगेका चार टिमहरु त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश छनोट भएका छन् ।

पाँचौँ टोली सोही प्रतियोगितामा सेमिफाइनल पुग्न नसकेका टोली (प्रदेश नं. १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मध्येबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु सम्मिलित एउटा टिम हुनेछ ।

यसअघि प्रतियोगिता सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले क्यानलाई ५० लाख रुपैँया उपलब्ध गराउने सम्झौता भएको थियो ।