काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने ३०० विद्युतीय बस खरीदको जिम्मेवारी फेरि साझा यातायातलाई नै दिने निर्णय गरेको दुई सातापछि साझाले चलाउन पाउने गरी रोक्का रकम फुकुवा गरेको भएको छ । माघ २६ गते बसेको मन्त्रिपरिषद्को वैठकमार्फत साझाबाट फिर्ता लगेको रकम पुनः साझालाई नै फिर्ता गर्ने निर्णय गरिएका थियो ।


ADVERTISEMENT


बसको स्पेशिफिकेसन बनाउन गठित समितिका सदस्य तथा मन्त्रालयका यातायात शाखाका प्रमुख शंकरसिँह धामीकाअनुसार मन्त्रालयले कम्पनी र बसको स्पेशिफिकेसन बनाएर साझालाई नै बस खरिदको जिम्मेवारी दिन लागेको हो ।


ADVERTISEMENT

# # #


सरकारले २०७५ पुसमा ३ सय विद्युतीय बस खरीद गरी काठमाडौं उपत्यकामा चलाउने निर्णय गरेको थियो । २०७६ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस गुडाउने दाबी गरेको सरकारले सोही वर्षको असारमा मात्रै बस खरीदका लागि बजेट विनियोजन गरेको थियो ।

असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयबाट सरकारी स्वामित्व रहेको साझा यातायात प्रालिलाई बस खरीदका लागि रू. ३ अर्ब दिने घोषणा गरेको थियो । तर, ३ महीनापछि नै समयमै बस खरीद गर्न नसकेको आरोप लगाउँदै खरीद प्रक्रिया रोक्न पत्राचार गरेको थियो । माघ दोस्रो साता साझालाई दिएको रकम फिर्ता लिँदै सरकारले बस खरिदको जिम्मा यातायात मन्त्रालयलाई दिएको थियो । ३ महीनामै बस सञ्चालन गर्न नसकेको भन्दै रकम फिर्ता लगेको सरकार आफैले भने एक वर्षसम्म पनि बस खरिद गर्न नसकेपछि साझालाई नै बस खरिदका लागि रकम फिर्ता गर्न लागेको हो ।

यसबीचमा यातायात मन्त्रालयले बसको स्पेशिफिकेसन बनाएको छ । ‘हामीले कम्पनीको मापदण्ड र बसको स्पेशिफिकेसन बनाएका छौँ,’ धामीले भने भने, ‘यसैमा आधारित रहेर बस खरिद गर्नेगरी साझालाई पुनः जिम्मेवारी दिन लागिएको हो ।’ मन्त्रालयले बनाएको यिनै स्पेशिफिकेसनअन्तर्गत रहेर अब साझाले बस खरिद गर्नुपर्नेछ गर्नुपर्नेछ ।