काठमाडौं – शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आईप्लेक्स मलमा संचालनमा ल्याइएको हो ।


ADVERTISEMENT


ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।


ADVERTISEMENT

# # #


यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउने विश्वास व्यक्त गरे ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमामी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा फ्री सर्विस क्याम्प, वारेन्टी कार्ड भएन भएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्नेछ । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा रहेका छन् ।