काठमाडौँ – नेपालमा पहिलो पटक फुटबल फ्रेन्चाइज प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्ट्स् एण्ड इभेन्ट्स् म्यानेजमेन्टको आयोजनामा नेपालमा फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) हुने भएको नेपालमा पहिलो पटक फुटबल फ्रेन्चाइज प्रतियोगिता हुने भएको छ । । सोमबार पत्रकार सम्मेलन गर्दै एनएसएलको औपचारिक घोषणा गरिएको हो ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा प्रतियोगिता आगामी वैशाख ११ गते देखि २५ गते सम्म काठमाडौँको दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । नेपालका विभिन्न प्रदेशको प्रतिनिधित्व गर्नेगरी विभिन्न सहरहरुको फ्रेन्चाइज टिमको सहभागिता हुनेछ ।


ADVERTISEMENT

# # #


टिमको नाम र टिम मालिकको जानकारी विशेष समारोहका बीच फागुनभित्रै सार्वजनिक गरिने आयोजक नेपाल स्पोर्ट्स् एण्ड इभेन्ट्स् म्यानेजमेन्टले जनाएको छ । प्रतियोगिताका लागि अक्सनबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिनेछ । प्रत्येक टिममा विदेशी खेलाडीको पनि सहभागिता हुनेछ ।

जसअनुसार हरेक टिममा विभिन्न श्रेणीका २० जना खेलाडी रहने आयोजकले जनाएको छ । खेलाडीको श्रेणी एन्फाको सहकार्यमा टुंग्याइनेछ । निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराएर खेलाडी र फुटबल खेललाई थप व्यवसायिक बनाउनु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको आयोजकको भनाई छ ।

राउन्ड रोबिन लिग फर्म्याटमा हुने प्रतियोगितामा जम्मा १९ वटा खेलहरु सञ्चालन हुनेछन् ।