काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ६५ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। उक्त समूहको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।


ADVERTISEMENT


बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लागेको छ ।


ADVERTISEMENT

# # #


चयन गरिएका जिल्लामध्ये पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ नेतृत्व पाएका छन् । यसअघि प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो।

हेर्नुहोस् कुन जिल्लामा कसलाई चयन गरियो ?