गोरखा – गोरखामा एकै परिवारको तीन जना मृत फेला परेका छन् । गोरखा सुलिकोटको एक घरमा ८४ वर्षीय एक वृद्ध, २१ वर्षीय एक महिला र १३ वर्षीय एक बालिकासहित तीन जना मृत फेला परेका हुन् ।


ADVERTISEMENT


बिहाना अबेरसम्म पनि नउठेपछि छिमेकी उक्त घरमा हेर्न जाँदा उनीहरू मृत भेटिएका गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।
उनीहरूको मुखमा फिँज देखिएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।


ADVERTISEMENT

# # #