काठमाडौँ – भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । सरकारले आयात निरुत्साहन गरी निर्यात प्रवद्र्धन गर्ने नीति अँगिकार गरेकोमा कोरोना महामारीपछि उत्पन्न आर्थिक संकटका कारण वैदेशिक व्यापार प्रभावित भएको छ । यद्यपि, भटमासको तेलको निर्यात भने करीब ६ सय प्रशितले वृद्धि भएको छ ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको तथ्यांकअनुसार यस अवधिमा अघिल्लो वर्षको तुलनामा भटमासको तेलको निर्यात २ सय २९ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा नेपालबाट कुल रू. ६९ लाख ९१ हजारको वस्तु निर्यात भएकोमा रू. १९ लाख ६९ हजारको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ । जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।


ADVERTISEMENT

# # #


यसअघि भारतमा पाम तेलको माग उच्च भएपछि तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीहरूले भारतमा निर्यात शुरू गरेका थिए । तर पाम तेलको निकाशीमा भारतले प्रतिवन्ध लगाएपछि तिनै उद्योगबाट भटमासको तेलको निर्यात शुरू गरिएको विराटनगरका तेल व्यवसायी प्रदिप मुरारकाले बताए । ‘यहाँका तेल उद्योगहरूले विशेषगरी पाम तेल नै उत्पादन गरिरहेकोमा भारतले प्रतिबन्ध लगाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेका थिए,’ उनले भने, ‘तर पामपछि अलिअलि भटमासको तेलको माग रहेकाले उद्योगले भटमासको तेल उत्पादन शुरू गरेकोमा छोटो समयमा यसले राम्रो बजार लिएको छ ।’

व्यवसायीहरूले पाम जस्तै कच्चा भटमास पनि अन्य मुलुकबाट आयात गरेर प्रशोधन गरि निर्यात गर्ने गरेका छन् । गत वर्षसम्म ८० प्रतिशत पाम तेल र बाँकी भटमासको तेल उत्पादन गर्ने उद्योगले अहिले ८० प्रतिशतभन्दा बढी भटमासको तेल उत्पादन गरिरहेको मुरारका बताउँछन् । यसबाहेक व्यवसायीहरूले सुर्यमुखीको तेलको पनि उत्पादन गरिरहेका छन् । पामको तेलको माग भारतमा मात्र रहेकोमा भटमास र सुर्यमुखीको तेलको माग नेपालमा पनि उच्च रहेकाले यसको बजार राम्रो हुँदै उनको भनाइ छ । विभागको तथ्यांकले पनि अघिल्लो वर्षसम्म निर्यात एकदमै कम रहेकोमा यस वर्ष बढेको देखाएको छ । विभागकाअनुसार अघिल्लो वर्ष हजार लिटर मात्र सुर्यमुखीको तेल निर्यात भएकोमा यस वर्ष १० हजार लिटर सुर्यमुखीको तेल निर्यात भएको छ ।