महोत्तरी – गत मंसिर १५ गतेदेखि प्रदेश २ प्रमुखको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी नायव महानिरिक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमले तीन महीनामा १३ करोड चोरी निकासी नियन्त्रण गरेका छन् । उनको नेतृत्वमा यस अवधिमा नाकाबाट हुने सो बराबरको अवैध चोरी निकासी पैठारी नियन्त्रण गरिएको हो ।


ADVERTISEMENT


यस अवधिमा छिन्नमस्ता बाहिनीबाट ५ लाख ८९ हजार, ६ नम्बर गण हेडक्वाटर सप्तरीबाट ६४ लाख ३५ हजार, ७ नम्बर गण हेडक्वाटर सिरहाबाट २९ लाख ७५ हजार, ८ नम्बर गण हेडक्वाटर धनुषाबाट ९३ लाख १३ हजार, ९ नम्बर गण हेडक्वाटर महोत्तरीबाट १ करोड ४७ लाख, १० नम्बर गण हेडक्वाटर सर्लाहीबाट १ करोड, ११ नम्बर गण हेडक्वाटर रौतहटबाट १ करोड ७९ लाख, १२ नम्बर गण हेडक्वाटर बाराबाट ९२ लाख ३५ हजार, १३ नम्बर गण हेडक्वाटर पर्साबाट २ करोड ४७ लाखसहित कुल जम्मा भन्सार छली गरिएको रू. १३ करोड ३७ लाख रूपैयाँ चोरी निकासी रकम नियन्त्रणमा लिइएको हो ।


ADVERTISEMENT

# # #


यससँगै अवैध यस अवधिमा हातहतियार गोलीगठ्ठा नियन्त्रणका क्रममा २ कटुवा पेस्तोल, १ नक्कली पेस्तोल र एक लोडेड सेमी अटोमेटिक पेस्तोल पनि नियन्त्रणमा लिइएको छ । यस्तै लागूऔषध तथा हातहतियार ओसारपसारमा ६७ जनालाई पक्राउ गरिएको छ । गौतमकाअनुसार यस अवधिमा ४०५ किलो गाँजासहित ८०६ नर्फिन, २३७७ डाइजोपाम डाइजोल्याब, १८१ नाइट्रोभेट, २३७ सिरिज र ५ किलो चरेस पनि नियन्त्रणमा लिइएको छ ।

यस्तै यस अवधिमा १८ लाख २० हजार भारतीय र ३० लाख ४६ हजार स्रोत नखुलेको रकम पनि बरामद गरिएको छ । यसलगायत काठ पैठारी नियन्त्रण, अवैध सवारीसाधन नियन्त्रणमा पनि सफलता हाँसिल गरिएको डीआईजी गौतमको दाबी छ । आफू प्रदेश इन्चार्ज भएर गएपछि हालसम्म नेपाल भारत नाकामा २३९ पटक संयुक्त गस्ती गरिएको जानकारी उनले दिए ।