काठमाडौं – छोरी सहाना खड्काको जन्मोत्सवको अवसरमा माता पिताहरूले सामाजिक कर्म गरेका छन् । सहाना जन्मिएको दिन पारेर पिता दुर्गा खड्का, माता तुलसा खड्काले काठमाडौंस्थित चण्डेश्वरीमा रहेको पवित्र समाज सेवा नेपालका १ सय बालबालिका तथा वृद्धवृद्धालाई शुक्रबार खाना खुवाएर जन्म दिन मनाएका हुन् ।


ADVERTISEMENT


No description available.

सामाखुसी ग्रिनल्याण्ड स्थायी घर भएका उनीहरूका सहानासँगै सहारा र सेरिना छोरीहरू छन् ।


ADVERTISEMENT

# # #


No description available.

छोरीको उत्सवका दिनमा सामाजिक कर्म गर्न पाउँदा हर्षित भएको पिता दुर्गा र माता तुलसाले बताएका छन् । उनीहरूले आफ्नो खुसीको अवसरलाई दिनदुखी असहायहरूसँग मनाउन र यस्ता सामाजिक कर्म गरिरहेका संस्थाहरूलाई सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । आफ्नी एउटी छोरीको जन्मदिन पारेर पवित्र समाजसेवामा रहेका सयौं छोराछोरी र आमाबुवाहरूसँग खुसी साट्न पाउँदा जीवन सफल बनेको अनुभूति भएको उनीहरूको भनाइ छ ।

No description available.

यस्तै संस्थाकी अध्यक्ष दीक्षा चापागाईंले समेत सहयोगी मनहरूलाई धन्यबाद दिँदै यस्तै कोमल हृदय र साथहरूकै कारण सामाजिक कर्ममा अघि बढ्न र मानवताको पक्षमा काम गर्न आफुलाई हौसला मिलिरहेको बताएकी छन् ।

No description available.