काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५ वटै क्षेत्रिय कार्यालयका १३७ शाखा, ६० डिजिटल प्वाइन्टका सुपरभाइजरहरूलाई तालीम दिन शुरु गरेको छ ।


ADVERTISEMENT


संस्थाले धुलिखेलस्थित सारथी होटेलमा फागुन २ गतेदेखि बाह्य तथा आन्तरिक प्रशिक्षकमार्फत शाखा व्यवस्थापनका सम्बन्धमा तालीम दिन शुरु गरेको हो । उक्त कार्यक्रम आगामी फागुन १४ गतेसम्म चल्ने संस्थाले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा संस्थाले आफ्नो चालू आर्थिक वर्षको बजेट समीक्षा तथा पुनरावलोकन समेत गरेको थियो । उक्त कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखलगायत प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, पूर्व कार्यकारी प्रमुख रामचन्द्र जोशी तथा बाह्य तालिम प्रशिक्षकहरु मार्फत शाखा प्रबन्धकहरुलाई ब्यवस्थित शाखा सञ्चालन सम्बन्धमा प्रशिक्षित गराइँदैछ ।