काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।


ADVERTISEMENT


प्रवक्ता शर्माका अनुसार आजको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशनबारे छलफल हुनेछ । बैठकबाटै महाअधिवेशनको नयाँ मिति तय गर्ने कार्यतालिका रहेको छ ।


ADVERTISEMENT

# # #


यसअघिको केन्द्रीय कमिटिको बैठकले फागुन ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, कोभिड–१९ को सङ्क्रमणका र प्रतिनिधिसभाको विघटनका कारण कार्यतालिका प्रभावित भएकाले कांग्रेसले हालसम्म महाधिवेशनको नयाँ मिति तोक्न सकेको छैन ।

कांग्रेसको विभानअनुसार पार्टी स्रोतका अनुसार कांग्रेसले महाधिवेशनको नयाँ मिति तोक्न सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला पर्खने भएको छ । प्रतिनिधि सभा पुनस्र्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्ममा र पुनस्र्थापना भएन र निर्वाचनमा जानुपर्‍यो भने भदौ पहिलो साता हुन सक्ने अनुमान गरिएको छ ।

यसैगरी बैठकले केन्द्र्रीय कार्यसमितिको समयावधि थप गर्दा पार्टीको विधानअनुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । तसर्थ कांग्रेसको विधानअनुसार वर्तमान केन्द्रीय समितिको समयावधि यही फागुन १९ गतेसम्म मात्र छ ।

कांग्रेसले कोभिड–१९ को विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने जनाइएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।