बैतडी – बैतडी डिलासैनी गाउँपालिकामा आयोजित नेपाली काँग्रेसको सभामा ओली समूहका कार्यकर्ताले अवरोध र ढुङ्गामुढा प्रहार गरेका छन् । आक्रमणमा काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद सहितका ५ जना नेता घाइते भएका छन् ।


ADVERTISEMENT


सभामा साउँदसहित, डिला संग्रौला र नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर लगायतका नेता सहभागी रहेका थिए । उक्त घटनाको नेपाली काँग्रेसले निन्दा गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ ।


ADVERTISEMENT

# # #


यस्ता घटना हुनुमा सत्ता नेतृत्वको निरंकुश र सर्वसत्तावादी चरित्रको प्रतिविम्व भएको निधिको भनाइ छ। कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हिंसा कायरको हतियार भएको बताउँदै दोषीलाई कारवाहीको माग गरेका छन् ।

घटनापछि नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै यस्ता आक्रमण दोहोरिए तरुण दल चुप लागेर नबस्ने बताएका छन् । दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारवाही गर्नुपर्ने मागसहित उनले भनेका छन्, ‘आगामी दिनमा यस्ता भौतिक आक्रमणका घटना फेरि पनि दोहरिए नेपाल तरुण दल चुप लागेर बस्दैन।’

घटनाको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताले पनि विरोध गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

तरुण दलको विज्ञप्ति

No description available.