काठमाडौँ – राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ ।


ADVERTISEMENT


चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एक एक गोल गरे । यस्तै चौदण्डीका लागि सान्त्वना गोल मनिता तामाङले गरे । पहिलो हाफको इन्जुरी समयमा थोकरले पहिलो गोल गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै खेलको ६६ औँ मिनेटमा चन्द्रपुरका लागि रानाले अर्को गोल गरे । खेलको ६८ औँ मिनेटमा चौदण्डीकी तामाङले गोल गरे । जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अङ्क जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौँ स्थानमा छ । चौदण्डीको यो लगातार ११ औँ हार हो । चौदण्डी लिगको तालिकामा अङ्कविहीन अवस्थामा छ ।