काठमाडौँ– नेपालका चर्चित पत्रकार अन्तरगतको सुचिमा पर्ने वीरेन्द्र केएम अब पत्रकारिता छाडी राजनीतिमा प्रवेश गर्ने भएका छन् । हाल अन्तराष्ट्रिय संचारमाध्यम एबिपि न्यूज नेटर्वकमा नेपाल प्रतिनिधिको रुपमा उनी कार्यरत रहेकाछन् । मासिक ५० हजारको हाराहारीमा भारु तलब बुझ्दै आएका केएम बेलाबेलामा मोटो रकम बुझेको चेक नै सार्वजानिक गर्दै आएका छन् । केएम पछिल्लो डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् ।


ADVERTISEMENT


पछिल्लो १० वर्षदेखि काठमाण्डौ बस्दै आएका ३५ वर्षिय पत्रकार केएम बिभिन्न राष्ट्रिय दैनिक, टेलिभिजन, रेडियो र अनलाइनहरुमा काम गरिसकेका छन् । खासगरी राजनीति, संसदिय मामिला, कुटनीतिक र अन्तराष्ट्रिय बिटमा बढी दखल राख्छन् । पत्रकार ऋषि धमलासंको जेल प्रकरणमा उनी पनि मुछिएका थिए । पछि सरकारले उनीहरु विरुद्धको मुद्दा खारेज गरेपछि रिहा भए लगतै फेरी उनी पत्रकारितामै सक्रिय भएका थिए ।


ADVERTISEMENT

# # #


स्पष्ट वक्ता रुपमा परिचित उनको फेसबुक स्टाटस तथा ट्वीटरका टवीटहरु बेला बेलामा निकै बिवादमा आउने गरेका छन् । यद्यपी उनी मधेशी नेताहरु कै नाकारात्मक कुराहरुको आलोचना पनि उत्तिकै गर्ने गरेका हुन्छन् । सुनसरी २ नम्बर प्रदेशमा गाभ्नुपर्नेसम्मको माग राख्दै रापतापका साथ आन्दोलन जारी रहदा समेत उनी सुनसरीलाई कुनैपनि हालतमा २ नम्बर प्रदेशमा गाभ्न नहुने तर्क गर्दै आएका थिए ।

उनी राजनीतिमा प्रवेश गरेपछि सक्रिय पत्रकारिता पुर्ण रुपमा छाड्ने र ब्यवसायिक रुपमा अर्कै पेशा अपनाउने बताउदै आएका छन् । राजनीतिक कुनै पेसा नभएको भन्दै आफू सेवा भाव लिएर राजनीतिमा प्रवेश गर्ने र कमाउने पेशाको रुपमा कुनै अर्के ब्यवसायी गर्ने बताएका छन् । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट संसदको उम्मेदवार हुदै राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

सुनसरीको देवानगंज गाउपालिका वडा नम्बर १ निवासी उनी पत्रकारितामा पनि जिल्लाको दक्षिणी भेगबाटै सुरु गरेका थिए । ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकबाट हरिनागरा डेटलाइनमा ब्यवसायिक पत्रकारिता सुरु गरेका केएमको सुरुवाती सिकाइ पत्रकारिता भने इनरुवा टाइम्स र करनाल दैनिक थियो । वीरेन्द्र कुमार मेहता वास्तविक नाम रहेका उनी पत्रकारितामा भने वीरेन्द्र केएम नामबाट चिनिन्छन् ।
सुनसरी स्थित मध्यहर्षाही गाँउका एक समृद्ध मेहता परिवारका सदस्य उनी बसन्तपुरको प्राथमिक बिद्यालय, शिशुवा धर्मपुरबाट कक्षा ५ सम्म, बालकृष्ण माध्यमिक बिद्यालय, रामनगर भुटाहाबाट एसएलसी, हरिनगरा उच्चमाविबाट कक्षा १२ र काठमाण्डौ स्थित रत्नराज्य लक्ष्मी क्यामसमा पत्रकारितामा स्नातक गरी स्नातकोतरका बिद्यार्थी समेत हुन् । उनी दक्षिण एसियाकै बहुचर्चित पत्रकारिता कलेज मानिने नयाँ दिल्ली स्थित आइआइएमसीबाट समेत स्पेसल ९ महिने पत्रकारिता कोर्ष गरेका छन । त्यपछि उनी एबिपि न्यूजमा नेपाल प्रमुखको रुपमा जागिर खाएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु बिमलेन्द्र निधि, शशाक कोइरला, शेखर कोइरला, सुजता कोइरला, कृष्ण सिटौला, खुमबहादुर खड्का, त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली समेत नेताहरु माधवकुमार नेपाल, इश्वर पोखरेल, प्रदिव ज्ञावाली, बामदेव गौतम, रघुवीर महासेठ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, मातृका यादव, लगायतका नेताहरुसंग प्रत्यक्ष चिनजान रहेका पत्रकार केएमको उठबस विजायकुमार गच्छदार, राजेन्द्र महतो, महन्थ ठाकुर, शरत्तसिंह भण्डारी, अनिल झा लगायतका नेताहरुसंग समेत उत्तिकै रहेको छ । यद्यपी उपेन्द्र यादवको उनी बेला बेलामा निकै आलोचना गर्ने गरेका हुन्छन् । तर पछिल्लोपटक उनी राजपाको पनि उत्तिकै आलोचना गर्दे आएका छन् ।
भारतीय दुतावास तथा भारतीय जनता पार्टीका शिर्ष नेताहरुसंग समेत निकै राम्रो कनेक्सन बनाएका उनी बिजेपीको मातृ संस्था मानिने आरएसएसका स्वयंसेवक समेत हुन । उनी आरएसएसका आइटिसी, ओटीसी गर्दे उक्त संगठनको अन्तिम प्रशिक्षण मानिने भारत महाराष्ट्रको नागपुरबाट ओटिसी तृतिय वर्षको समेत तालिम प्राप्त हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मोदी सचिवालय, अध्यक्ष अमित साह, बिजेपी नेता राममाधव, गृहमन्त्री राजनाथ सिंह, मन्त्रहिरु सुष्मा स्वराज, नितिन गडकरी, उमा भारती, सुरक्षा सल्लाहकार अजित डोभाल, नितिसकुमार लगायतसंग पनि उत्तिकै कनेक्न भएको नेपाली पत्रकार मान्छिन् ।

नेपाल कुशवाहा समाजका केन्द्रिय सचिव समेत रहेका केएम कुन पार्टीबाट राजनीतिमा प्रवेश गर्न लागेका हुन् त्यो भने खुलेको छैन । राजनीतिमा जाने निधो गरेपनि कुन पार्टीमा प्रवेश गर्ने त्यो भने तत्कालै निधो गरिनसकेको उनले बताए । बिद्यार्थी कालमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वयुका हरिनगरा प्राक अध्यक्ष रहेका उनी मधेश आन्दोलनपछि मधेशी दल निकट मानिन्थ्यो । राजेन्द्र महतो उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रि हुदा उनी उनको प्रेस सल्लाहकार समेत रहेका थिए ।

यद्यपी पछिल्लो समय मधेशी दलहरुको रवैयाका कारण उनी मधेशी दलबाट टाढिएका हुन् । यद्यपी उनि पछिल्लो समय एमाले, काँग्रेस र लोकतान्त्रिक फोरमको भने खासै आलोचना गर्ने गरेका छैनन् । एक नम्बर प्रदेशको सनर्दभमा काग्रेस, एमाले र फोरम लोकतान्त्रिक नै प्रमुख दावेदार दल भएका कारण उनी यही तिन पार्टी मध्ये कुनै एकमा औपचारिक रुपमा प्रवेश गरी राजनीतिमा लाग्ने बताइएको छ । उनको ससुराली पक्ष भने कटटर एमाले मानिने धनुषा स्थित शत्रुघन महतोका उनी ज्वाई हुन । यद्यपी केएम स्वयंले भने कुन पार्टीमा प्रवेस गर्ने त्यसबारे मुख खोलेका छैनन ।

सुनसरी स्थित निर्वाचन क्षेत्र नम्बर २ मा मेहता जातको भोट सबैभन्दा महत्वपुर्ण मानिन्छन् भने उनी मेहता समुदायका र सुनसरी दक्षिणी भेगका एक स्वक्ष क्षवीका युवा उम्मेदवार भएका कारण पनि उनको राजनीतिक भविष्य निकै फलदायी देखिएको राजनीतिक जानकारहरु बताउँछन् । कुशवाहा समाजका केन्द्रिय सचिव रहेका कारण पनि जातिय मतमा उनको पकड निकै बलियो मानिन्छ । श्रीमती सहित परिवारका प्रायः सबै सदस्यहरु सरकारी सेवामा छन् भने आमाबुवा भने सुनसरी स्थित मध्यहर्षाहीमै बस्छन् राम्रै जग्गा जमिनका धनि, खेति किसानीमा सकृय उनका बुवा सुर्यनारायण मेहता भने नेपाली कांग्रेस पक्षधर मानिन्छन् । यद्यपी, उनका काका परमानन्द मेहता फोरम लोकतान्त्रिकको केन्द्रिय तहमा र मामा कालिचरण मेहता संघिय समाजवादी फोरमका केन्द्रिय तहका नेता हुन् ।