काठमाडौँ– आज स्वास्थ्य पत्रकार र स्वास्थ्य विज्ञहरुबीच कोरोना महामारी र खोप प्रभावकारीताको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘कोभिड १९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता विषयक’ अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा बोल्दै राज्यमन्त्री नवराज राउतले सरकारले सोचे भन्दा बढी काम गरेर देखाएको धारणा व्यक्त गरेका छन् । उनले धेरैले आलोचना गर्नकै लागि मात्र आलोचना गर्ने गरेको भन्दै सरकारले अन्य देशको तुलनामा निकै राम्रो काम गरेको र त्यसको नतिजा स्वरुप कोरोना महामारी नियन्त्रणतर्फ गएको दाबी समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, सो कार्यक्रममा टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले भने रोग आफ्नो नहुनेतर्फ संकेत गर्दै राजनीतिक भेला गर्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन् । अर्का , औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कोभिशिल्ड खोप ढुक्क भएर लगाउन आग्रह गरे।

महामारी रोग विशेषज्ञ प्रा. डा. केदार बरालले साइड इफेक्ट सबैमा हुने बताए। तर, खोपको भ्रम चिर्न नसकेको उनको भनाई छ ।