कामाडौँ– सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


उनी एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल(भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए ।

त्यसपछि राष्ट्रिय चर्चामा आएका यादवलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका उनलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, साधारण तारेखमा उनी छुटेका छन् ।

कांग्रेसबाट ०५४ मा क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए । उनले एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएकाले पार्टी प्रवेश गरेको बताए । उनलाई एमालेले आसन्न निर्वाचनमा उम्मेदवार बनाउने भएको छ ।