काठमाडौँ – नेपाल–कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ ।


ADVERTISEMENT


आइतबार नेकपा प्रचण्ड–समूहको केन्द्रीय संघर्ष समितिको बैठकले बैठकले प्रतिनिधिसभा विघटन, विभिन्न संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिका विरुद्धमा चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेकपा केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका प्रवक्ता श्रेष्ठका अनुसार फागनु ५ देखा १२ गतेसम्म सम्बन्धित जिल्ला कमिटिको आयोजनामा जिल्ला–जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभाहरुको आयोजना गरिनेछ भने फागुन ६ गते टुँडिखेल वरिपरी मानव सांग्लो निर्माण गरी विरोध गरिनेछ ।

यस्तै फागुन ७ देखि १५ गतेसम्म प्रतिगमनविरुद्ध हस्ताक्षर संकलन, फागनु १२ गते चितवन र २१ गते दाङमा व्यापक विरोध प्रदर्शन गरिनेछ भने नेपालगञ्ज र जनकपुरमा पनि छिट्टै जनप्रदर्शन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले निरन्तरण प्रदर्शन गर्दै आएको छ । यसअघि समूहले तेस्रो चरण अन्तरगत माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्ता छन् प्रचण्ड–नेपाल समूहको चौथो चरणका आन्दोलनका कार्यक्रम

१. फागनु ५ देखि १२ गतेसम्म : सम्बन्धित जिल्ला कमिटिको आयोजनामा जिल्ला–जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभाहरुको आयोजना गर्ने ।

२. फागुन ६ गते : प्रतिगमन, महंगी र भ्रष्टाचारको विरुद्धमा काठमाडौँको टुँडिखेल वरिपरी अपरान्ह ४देखि ५ बजेसम्म मानव सांग्लो निर्माण गरी विरोध गर्ने ।

३. फागुन ७ गते : देशव्यापी रुपमा सबै पालिकाका वडाहरुमा विरोध, प्रदर्शन कार्यक्रम गर्ने ।

४. फागुन ७ देखि १५ गतेसम्म : प्रतिगमनविरुद्ध तथा संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलहरुमा हस्ताक्षर संकलन गरिने । प्रत्येक वडामा वडाकमिटिले हस्ताक्षर संकलन गर्ने, जनवर्गीय, पेशगत र बृद्धिजिवी संगठनले पनि अभियान चलाउने । ।

५. फागुन ८ गते : नेकपा सम्बद्ध वृद्धिजिवी, पेशागत संगठनको आयोजनामा काठमाडौँमा प्रतिगमनविरुद्ध बृहत अन्तक्रिया कार्यक्रम आयोजना गरिने । यसमा आन्दोलनमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र बौद्धिक व्यक्तिको प्रतिनिधित्व र वक्ता बनाइने ।

६. फागुन ९ गते : प्रतिगमन, महिला हिंसा, हत्या र बलात्कारका घटनाका विरुद्धमा उपत्यका र प्रत्येक जिल्लामा महिलाको विरोध कार्यक्रम ।
७. फागनु १० गते : काठमाडौँ उपत्यका र प्रत्येक जिल्लामा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।
८. फागनु ११ : मधेसी, आदीवासी, जनजाती, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित क्षेत्रका समुदायको सांस्कृतिक पहिचानसहितको विरोध प्रदर्शन ।

९. फागनु १२ गते : चितवनमा जनप्रदर्शन, विरोध प्रदर्शन । केन्द्रीय नेताहरुको समेत सम्बोधन ।
१०. फागनु २१ गते : दाङमा जनप्रदर्शन, विरोध प्रदर्शन । केन्द्रीय नेताहरुको समेत सम्बोधन । जनकपुर र नेपालगञ्ज आमसभाको मिति छिट्टै घोषणा गरिने ।
११. फागनु १४ गते : काठमाडौँमा वृहत युवा र्‍याली ।
१२. फागुन १५ गते : किसान र सुकुम्बासी मोर्चाको आयोजनामा काठमाडौँमा विरोध प्रदर्शन ।