काठमाडौँ – काठमाण्डौंबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकल सहित ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट श्रेष्ठको पल्सर सहित धादिङ्ग गजुरीका धन बहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङले मोटरसाइकलको विस्तविक नम्बर परिवर्तन गरी बा.प्र.३–०२–०२०प४८२४ राखेको अवस्थामा पक्राउ गरेको हो । ।


ADVERTISEMENT

# # #


यस्तै बल्खुबाट मगरको २२० सिसिको एनएस पल्सर मोटरसाइकल सहित धादिङ्ग थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्गलाई पक्राउ परेका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार उनीहरुलाई प्रदेश ३–०२,०११प८९२९ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई पक्राउ परी महाशाखाले अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाईकल चोरी गरि बेचबिखन गर्ने मुख्य नाइके मकवानपुरको थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ को निरश थिङ नै भएको खेलेको थियो । त्यसपछि महाशाखाको टोलीले सूचना संकलन एवम् खोजतलास गरी विशेष सुराकको आधारमा थिङलाई बल्खुबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

पक्राउ भएका मोटरसाइकलहरु यहि मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्‍ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ।

थापा मगरको प्रदेश ३–०२,०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ्ग गरेको अवस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा.प्रदेश ०२–०१९प९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निवेदनमा उल्लेख गरेका छन ।

हराएको निबेदनको आधारमा सुचना संकलन एव सुराकी परिचालन गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

उनले यस आ.व. मा मात्रै १९६ वटा मोटरसाईकल खोजतलास एव पक्राउ गरी सम्बन्धित धनीलाई जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाईएको छ ।

माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी विभिन्न वृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ ।