काठमाडौँ– गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) र सङ्गीत संयोजन पुषोत्तम सुवेदीको रहेको ‘तिमी रिसाउँदा’ गीत आज प्रेम दिवसका अवसरमा सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


गीत विशेषगरी युवा वर्गमा लक्षित रहेको अधिकारीले बताए । यस्तै, जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाको संयुक्त अभिनय रहेको छ । गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ ।


ADVERTISEMENT

# # #


भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रासस