काठमाडौँ – काठमाडौँमा बिजुलीबाट चल्ने ट्रली बसको दुखद अन्तय भएको २० वर्षपछि काठमाडौं उपत्यकामा विद्युतीय यातायात शुरू गरेको निजी क्षेत्रको सुन्दर यातायात प्रालिको अध्यक्षमा भेषबहादुर थापा पुनः निर्विरोध चयन भएका छन् ।


ADVERTISEMENT


बिहीवार काठमाडौँमा सम्पन्न कम्पनीको तेस्रो साधारण सभाले थापालाई थप ३ वर्षका लागि दोस्रो कार्यकालका लागि चयन गरेको हो ।


ADVERTISEMENT

# # #


बिजुली बस सञ्चालनका लागि महत्वपूर्ण पहल कदमी गरेको बताउँदै थापाले थप कार्यकालमा सार्वजनिक विद्युतीय सवारी सञ्चालनमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

हाल काठमाडौँमा ४ वटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायाताले निकट भविष्यमै काठमाडौँबाहिर पनि विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको छ । गत वर्षदेखि नै काठमाडौँमा थप २५ वटा बिजुली बस सञ्चालन गर्ने तयारी गरेकोमा कोरोनाका कारण सञ्चालन गर्न नसकिएको बताउँदै अध्यक्ष थापाले नयाँ बस ल्याउने प्रक्रिया अघि बढिसकेको बताए ।