चितवन – कवि तथा गीतकारको रूपमा आफ्नो परिचय बनाइसकेका लेखक तुलसी निरौलाका तीन कृति लोकार्पण गरिएको छ ।


ADVERTISEMENT


कार्यक्रम गरी कृति सार्वजनिक गरिने तरिकाभन्दा पर रहेर उनले नयाँ तरिकाले पर्यटकीय नगरी सौराहाबाट आफ्ना कृति सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


चितवन घुम्न गएका सफल व्यवसायी तथा लेखक जीवा लामिछानेले उनका बाकस खोतल्न कोसिस कथा संग्रह नयाँ राजाहरूको नयाँ लुगा कविता संग्रह र हिमाली बगैँचा गीति संग्रह सार्वजनिक गरे ।

सौराहामा हात्ती सफारीपछि लामिछानेसहित लेखकहरू केदारनाथ खनाल, रामबाबु घिमिरे, प्रेम रिमाल, तिलकराज शर्मा, भुपिन खड्का, ईश्वर कँडेल, धन राज गिरी, र लेखकको सहभागितामा पुस्तक लोकार्पण गरिएको थियो ।