तेह्रथुम – साझा प्रकाशनका अध्यक्ष समेत रहेका नेकपा ओली समूहका केन्द्रीय सदस्य विजय सुब्बाले प्रचण्ड पक्षले सरकार सञ्चालनमा असहयोग गरेको बताउँदै प्रधानमन्त्री केपी ओली जस्तो नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको बताएका छन् ।


ADVERTISEMENT


ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले ओलीको प्रशंसा गर्दै ओली जस्तो राष्ट्रवादी नेतालाई अरुले किन मन नपराएको भन्दै प्रश्न गरेका थिए । ‘केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा मलाई अचम्म लागेको छ,’ उनले बताए ।


ADVERTISEMENT

# # #