काठमाडौँ – भारत सरकारले तीनवटा सांस्कृतिक सम्पदाको पुनर्स्थापनाका लागि नेपाललाई १ अर्ब ४२ करोड रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


जसका लागि सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासका लागि भारतले उक्त सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशक तथा ठेकेदारहरुले तीनवटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता इन्टेक, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर न. २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्भझौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

भूकम्पपछिको संरक्षण तथा पुनर्स्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन् । नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निमार्णका लागि भारत सरकारले प्रतिद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन्।

सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्वपूर्ण जीवित सम्पदा हो । जुन काठमाडौंको जनबहालमा अवस्थित छ। काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक उक्त सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्घ दुवै धर्मावलम्बीहरुले पूजा आराधना गर्दछन् । करिब ६२.६ करोड नेपाली रुपैयाँको लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिनेछ ।

यस्तै रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छेँ नेवार बौद्व समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रितिरिवाजहरुमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ । कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम्वि कासका लागि करिब ४५.६ करोड नेपाली रुपैयाँ लाग्नेछ।

दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम्प रम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ ।

यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चर हेरिटेज (इन्टेक) लाई परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा चयन गरिएको छ ।

यी परियोजनाहरुको निर्माणमा इन्टेकले नेपाल सरकारका अधिकारीहरुसँग मिलेर काम गर्नेछ । स्थानीय रुपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिरभित्रकै परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो । करिब ३३.४ करोड नेपाली रुपैँयाको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ।

उक्त पवित्र मन्दिरमा आउने पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ नोभेम्बरमा भारतले बुढानीलकण्ठ मन्दिरका लागि करिब २.१८ करोड नेपाली रुपैयाँमा मठाधीशको निर्माण गरेको थियो ।