काठमाडौँ – बैँक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ ।


ADVERTISEMENT


सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकलाई गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ । जस अनुसार ईएमआई सुविधामा ग्राहकहरुले ४० हजार देखि ५ लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहक महानुभावहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नुहुनेछ र १२ महिनाको भुक्तानी अवधिमा ग्राहक महानुभावहरुलाई २ महिनाको किस्ता छुट हुने बैँकले जानकारी गराएको छ ।

बैँकले देशभर ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।