काठमाडौँ –नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पक्रा परे लगत्तै धैर्य हुन आफ्ना समर्थक र नेता कार्यकर्तालाई आग्रह गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीबारे अभिव्यक्ति दिएपछि बिहीबार राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेतृ झाँक्रीले प्रतिगमनविरुद्धको यो अन्तिम लडाईं भएकाले आ–आफ्नो ठाउँबाट लड्न आह्वान गरेकी छन् ।


ADVERTISEMENT

# # #


पक्राउ परेपछि उनले ट्वीटमा भनेकी छन्, ‘…अपराध अनुसन्धान मीनभवनमा छु’ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।’

उनलाई प्रहरीले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ ।
दफा १ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन ।’

यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजा रुपैयाँ जिरवाना वा दुबै सजाय हने व्यवस्था छ ।

झाँक्रीले केही दिनअघि गोरखाको एक सभामा राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि प्रहरी कार्यालय बोलाएको थियो । तर, झाँक्री नगएपछि पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।

झाँक्रीले आफ्नो मुद्दा राजनीतिक भएकाले पक्राउ पूर्जी ल्याउनु पर्ने बताएकी थिइन् । प्रहरीले उनलाई पक्राउ पूर्जी थमाउँदै निवासबाटै पक्राउ गरेको थियो ।