काठमाडौँ – विभाजित नेपाल कमयुनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई उनको निवास शंखमुलबाटै पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ ।

सम्बन्धित समाचार
– पक्राउ पर्नुअघि रामकुमारी झाँक्रीको सम्बोधन : इमान्दार नागरिकका रुपमा गिरफ्तारी दिँदैछु
– रामकुमारी झाँक्री पक्राउपछि गगन थापाले भने : सरकार, झ्यालखानाको संख्या थप !
– झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर : नेकपा प्रचण्ड-माधव समूह

दफा १ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन ।’

यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजा रुपैयाँ जिरवाना वा दुबै सजाय हने व्यवस्था छ ।

झाँक्रीले केही दिनअघि गोरखाको एक सभामा राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि प्रहरी कार्यालय बोलाएको थियो । तर, झाँक्री नगएपछि प्रहरी उनको घरमै पुगेको थियो ।

झाँक्रीले आफ्नो मुद्दा राजनीतिक भएकाले पक्राउ पूर्जी ल्याउनु पर्ने बताएकी थिइन् । प्रहरीले उनलाई पक्राउ पूर्जी थमाउँदै निवासबाटै पक्राउ गरेको हो ।