मकवानपुर– मनहरि गाउँपालिका ७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ । पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ । पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागेको जनाइएको हो ।


ADVERTISEMENT


गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु. ४० लाख तथा सङ्घीय सरकारले रु ३० लाख उपलब्ध गराएको छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न रु ५४ करोड लाग्ने जनाइएको छ । रासस


ADVERTISEMENT

# # #