तनहुँ– व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका थिए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत उनको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान घरबाट निस्केपनि उनी क्याम्पस भने पुगेनन् ।


ADVERTISEMENT


सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे। त्यसपछि बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोष भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गर्न पुगे।


ADVERTISEMENT

# # #


मङ्गलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिएका छन् । ‘दुई दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन; उनले भने । बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हेरेपनि, केही जानकारी प्राप्त हुन नसकेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिएका छन् । रासस