महेन्द्रनगर– पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो ।


ADVERTISEMENT


नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उनलाई घर नजीकै हृदयाघात भएको जानकारी कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले दिए । उनका अनुसार, जोशीलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने बताइएको छ।


ADVERTISEMENT

# # #


वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि सेवन गर्दे आएका थिए । रासस