काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो ११ बजे निर्वाचन आयोग जाने भएका छन् । प्रधानमन्त्रीले आगामी बैसाखमा गर्ने भनिएको चुनावको तयारीको बारेमा आयोगबाट जानकारी लिने बताइएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव गर्ने निर्णय गरेपछि उत्पन्न नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले माघ १६ गते ओली र प्रचण्ड–नेपाल पक्षलाई बोलाएको थियो । प्रचण्ड–नेपाल पक्षले आयोगको कार्यालय पुगेर सुर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरिसकेको छ। यद्यपि, प्रधानमन्त्री ओली भने आयोगमा गएका थिएनन् ।


ADVERTISEMENT

# # #


आज प्रधानमन्त्री ओली आयोगमा नेकपामा आफ्नो आधिकारिकता भएको दाबी गर्न आयोगमा जान लागेकोमा उनले त्यहाँ पुगेर आयोगले निर्वाचनका लागि गरिरहेको तयारीको समेत जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।