काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने मौसमविद्ले जनाएको हो ।


ADVERTISEMENT


बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।


ADVERTISEMENT

# # #


अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताएकी छिन् । उनका अनुसार, पश्चिमी वायुको प्रभाव हटेसँगै अब क्रमिक रुपमा गर्मी शुरु हुन थाल्नेछ । काठमाडौँ उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आज बढी चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार, आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । यसैगरि, आज सबै भन्दा कम तापक्रम जुम्लाको रहनेछ ।

यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री रहनेछ भने, ९ दशमलव ५ डिग्री सेल्सियस सहितको सबैभन्दा धेरै तापक्रम विराटनगरमा रहने महाशाखाको जनाएको छ । रासस