काठमाडौँ – विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमाथि एकपछि अर्को गर्दै भइरहेकाले आफू सर्वोच्च अदालत जानुपरेको बताएका छन् ।


ADVERTISEMENT


सभामुख सापकोटाले संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा प्रधानमन्त्री र प्रधानन्यायाधीसहित ३९ जनाविरुद्ध रिट निवेदन गरेका थिए ।


ADVERTISEMENT

# # #


शुक्रबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद् सम्बन्त्री अध्यादेश जारी गरी अनाधिकृत बैठकमार्फत संवैधानिक नियुक्तिका सिफारिस गर्नु, प्रतिनिधिसभा विघटन गर्नु, संसदीय सुनुवाई बिना नै संवैधानिक निकायमा सिफरिस भएकाको नियुक्ति गर्नुले संविधानमाथि प्रहार भएको बताएका हुन् ।

संविधानको रक्षाका लागि आफू सर्वोच्च अदालत गएको उनले बताएका छन् । उनले भने, ‘शृंखलावद्ध रूपमा संविधानको उल्लंघन भएपछि संविधानको रक्षार्थ संविधान र कानुनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालत पुगेको छु ।’ उक्त कदम विशुद्ध संविधानको संरक्षण र संवर्द्धनका लागि रहेको उनको भनाई छ ।

उनले संविधानवजाद र कानुनी शासनका पक्षमा भगिरथ प्रयत्न जारी राखिरहने बताएका छन् ।