ललितपुर– नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार, कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राख्दै खोप वितरण गर्न लागिएको हो । उनका अनुसार, दुई दिनभित्र सम्पुर्णलाई कोभिशिल्ड प्रदान गरिने योजना रहेको छ ।


ADVERTISEMENT


सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप लगाइदिने बताउँदै उनले भने; ‘यो खोप छ देखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७ सय लाई दिनेछौँ ।’


ADVERTISEMENT

# # #


कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा. गोललले जानकारी दिए । यस्तै, कैदिलाई वितरण गरिने खोपको विषयमा बोल्दै प्रजिअ ढुण्डीप्रसाद निरौलाले भने कारागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरेका छन् ।

कोभिशिल्डको डोजपछि कतिमा यसको प्रभाव देखिएको बताएको छ । यद्यपि यी प्रभाव सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा. प्रकाश बुढाथोकी बताउँछन् । खोप लगाएपछि देखिने असर सामान्य हुने भएकाले उनले नडराउन आग्रह समेत गरेका छन् । ‘खोप लगाएको आठदेखि १२ घण्टामा देखिने असरलाई सकारात्मक मान्नुपर्छ । जो व्यक्तिमा खोपको असर देखिन्छ, उनीहरुलाई खोपले काम गरेको बुझिन्छ ।’

कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा. बुढाथोकीले सुझाव दिएका छन् । रासस