काठमाडौँ – भारतले चालू आर्थिक वर्ष २०२१/२२ का लागि बजेट सार्वजनिक गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले सोमवार पेपरलेस बजेट सार्वजनिक गरिन् ।


ADVERTISEMENT


बजेटमार्फत भारतले नेपाललाई दिने सहयोग रकम बढाएको छ । वित्तमन्त्री सितारमणले नेपाललाई दिने अनुदान रकम बढाएर यस वर्ष भारु. ९ अर्ब ९२ करोड अर्थात् नेपाली रु. १५ अर्ब ८७ करोड दिने बताएकी हुन् । भारतले बजेटमा नेपलासहित १० देशमा कुल भारु. ६२ अर्ब ५१ करोड अनुदानस्वरुप उपलब्ध गराउने बताएको छ ।


ADVERTISEMENT

# # #


भारतले यस वर्ष स्वास्थ्यमा उल्लेख्य बजेट छुट्टाएको छ । स्वास्थ्यमा एक सय ३७ प्रतिशत रकम बढाउँदै भारतले २२ खर्ब ३८ अर्ब भारतीय रुपैयाँ स्वास्थ्य क्षेत्रका लागि छुट्टाएको छ भने कोरोनाविरुद्धको खोपमा मात्रै ५० अर्ब छुट्टाएको छ ।