काठमाडौँ – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ करोड ५४ लाख नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यो गत वर्षको यही अवधिको तुलनामा २७.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४८ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।


ADVERTISEMENT

# # #


विवरणअनुसार हालसम्म कम्पनीको १ अर्ब ८३ करोड भुक्तानी पूँजी रहेको छ । कम्पनीको प्रतिशेयर आय ६७.२७,  आय अनुपात १८.९७, जगेडा कोष २ अर्ब ६१ करोडको रहेको छ भने कम्पनीको हालसम्मको निक्षेप तथा बचत रकम २० अर्ब ८६ करोड रहेको छ ।

यसैगरी संस्थाले ९८ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

 

No photo description available.

No photo description available.