धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केवरस्थित ढल्केवर विद्युत् सबस्टेशनको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले सोमबार नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको नेपालको पहिलो ४०० के.भी. सवस्टेशनको उद्घाटन गरेका हुन् । यस्तै उनले विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको २२०-१३२ के.भी. सवस्टेशनको पनि उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो । यस्तै कूल चार सय र २ सय २० केभी क्षमताको सबस्टेशनमा तीन सय १५ एमभीए क्षमताका तीन वटा गरी नौ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।

सबस्टेशनमा जडान गरिएको तीन सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गएको पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको बताए ।

पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गरेका थिए।

तस्बिर  : प्रधानमन्त्रीको प्रेस सचिवालय