एजेन्सी – म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


राजधानी नेप्युदोरसहित देशका प्रमुख सहरमा सञ्चार सम्पर्क विच्छेद गरिएको प्रजातान्त्रिक राष्ट्रिय लिगका प्रवक्ता म्यो न्यून्तलाई उद्धृत गर्दै सीएनएनले समाचार लेखेको छ ।


ADVERTISEMENT

# # #


सेनाले हालसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । तीन दिन अघि सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको थियो ।

स्टेट काउन्सिलर सुकीलाई आफ्नो देशमा लोकतन्त्र स्थापनाको लागि गरेको संघर्षको लागि सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । हाल उनी म्यानमारको नागरिक सरकारको नेतृत्व गरिरहेकी थिइन् ।

यद्यपि, ३ वर्ष अघि आङ सान सुकीले म्यानमारको नागरिक शासकको अल्पमतमा रहेका मुसलमान समुदायमाथि चालेको कदमले उनी संसारभर आलोचित भएकी थिइन् । उनको सरकारको निर्देशनमा म्यानमारको सेनाले चालेको अपरेशनको कारणले रोहिंग्या समुदायका लाखौँ मानिस हताहत भएका थिए भने हजारौँले ज्यान गुमाएका थिए । सोही कारण ७,००,००० रोहिंग्याहरु छिमेकी बंगलादेशमा शरणार्थी भएका थिए ।