सर्लाही– ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीको पहलमा हुन लागेको सो बालविवाह रोकिएको हो ।


ADVERTISEMENT


संस्थाकी संयोजक रमा काफ्लेका अनुसार, १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाह गर्ने तयारी भएको थियो ।


ADVERTISEMENT

# # #


‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन् । विवाह हुन लागिएको भनिएको सो बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण देखाउँदै परिवारले विवाह गरिदिन लागेको बताइएको छ ।

सो विवाहका लागि आफु राजी नभएको बताउँदै बालिकाले पनि विवाहभन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिइन् । रासस