काठमाडौँ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। नेपाली शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिणामको आईपीओ शुक्रबार गोलाप्रथाबाट बाँडफाँट भएको हो ।


ADVERTISEMENT


निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले योग्य आवेदन परेका १४ लाख ७५ हजार ८० व्यक्तिलाई आईपीओ बाँडफाँट गरेको हो ।


ADVERTISEMENT

# # #


६ हजारभन्दा धेरैको आईपीओ आवेदन भने रद्द भएको छ । एनआइबीएल एस क्यापिटलका अनुसार १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण भएको छ भने त्यो भन्दा बढी ६० देखि २ लाख कित्तासम्म माग गर्नेलाई १० कित्ता थपेर ६० पुयाइएको छ ।

जसअनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता शेयर पाएका छन् । यस्तै ६० कित्ता बढी शेयर आवेदन गर्नेले ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले अनिवार्य रुपमा शेयर पाएका छन् भने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

निफ्राले माघ २ गते १ कित्ता बराबर १ सय रुपैँयाका दरले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका छुट्याइएको थियो भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सवैसाधारणले आवेदन दिएका थिए ।

आईपीओमा मागभन्दा २।३९ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।