नेपाल– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्री पदमा नियुक्त भएका एण्टोनी ब्लिंकेनमा बधाई ज्ञापन गरेका छन्। नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज बधाईको सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुनेप्रति विश्वास समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT


नेपालको सामाजिक–आर्थिक विकासका निम्ति अमेरिकाले गरेको सहयोगको सराहना गर्दै उनले सन्देशमा बहुपक्षीयता सहितको नयाँ अमेरिकी नीतिमा दिइएको उच्च महत्वले पारस्परिक सहयोगको मार्गलाई थप विस्तार गर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयको जानकारी अनुसार, मन्त्री ज्ञवालीले सन्देशमा कोभिड–१९ को महामारीका सन्दर्भमा विश्व स्वास्थ्य, जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत साझा हितका विषयमा अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपाल सरकारको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसका साथै उनको सन्देशमा विकास साझेदारी, आर्थिक सहकार्य र दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धिमा समेत  जोड दिएको बताइएको छ। रासस